सरकारले तोक्यो चैते धानको मूल्य
चैत १६, २०८० शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायधिवक्ता जेफ सेसनलाई बर्खास्त गरेका छन् । बुधबार उनले ट्वीट गर्दै प्रधानन्यायधिवक्ता जेफ सेसनलाइपदमुक्त गरिएको जानकारी गराएका हुन् ।
‘हामी महान्यायधिवक्ता जेफ सेसनलाई उहाँको कामको लागि धन्यवाद दिन्छौं र उसको प्रगतिको कामना गछौं’, ट्रम्पले ट्वीटमा भनेका छन् । राष्ट्रपतिको चुनावको बेला ट्रम्प क्याम्पेनमा रुसको संलग्नताबारेको छानबिनको विषयलाई लिएर ट्रम्पले सेसनलाई बर्खास्त गरेको बीबीसीले उल्लेख गरेको छ । ट्रम्पले प्रधानन्यायधिवक्ताको जिम्मा म्याथ्यु वाइटेकरलाई दिएका छन् ।
....We thank Attorney General Jeff Sessions for his service, and wish him well! A permanent replacement will be nominated at a later date.
— Donald J. Trump (@realDonaldTrump) November 7, 2018
वाइट हाउसका अनुसार ट्रम्प प्रशासनका प्रमुख जोन केलीले बुधबार ट्रम्पले मध्यावधि चुनावबारे पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुभन्दा अगाडि सेसनलाई जागिरबाट फिर्ता बोलाएका थिए ।
ट्रम्पको विजयीमा रुसको संलग्नताको विषयमा सेसनकाे अनुसन्धानको विषयलाई लिएर सेसनको जागिर खोसिएको हो ।