आपसमै नमिलेकाले चुनाव हारियो, हारबाट पाठ सिकौँ, निरास नहुनूस् : देउवा

 कात्तिक २२, २०७५ बिहिबार १४:४१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाली क्रांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आह्वान गर्नु भएको छ । 

सभापति देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराउनु भएको हो ।

तिहार तथा नेपाल संवतको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । सभापति देउवाले निर्वाचनको हारबाट निराश नहुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सभापति देउवाले नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाले गरिबी निवारणमा पुर्‍याउनु भएको योगदानको पनि चर्चा गर्नु भएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य सुरेन्द्र केसीले जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोभन्दै सरकारको आलोचना गर्नु भएको थियो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया