इन्ज्युरी समयकाे गाेलमा आर्सनल विजयी

 मंसिर २०, २०८० बुधबार ६:४४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा आर्सनलले लुटाेन टाउनलाई हराएकाे छ । गए राति केनिलवर्थ राेडमा भएकाे खेलमा आर्सनलले घरेलु टाेलीलाई ४–३ गाेलकाे अन्तरले हरायाे ।

निकै प्रतिस्पर्धात्मक खेलमा इन्ज्युरी समयमा गाेल गर्दै आर्सनल विजयी भयाे । आर्सनलका गेब्रियल मार्टिनेलीले २० औँ, गेब्रियल जेससले ४५ औँ, काई हाभेर्ट्जले ६० औँ र डेकलन राइसले इन्ज्युरी समयकाे ७ औँ मिनेटमा गाेल गरे । लुटाेन टाउनका गेब्रियल ओशाेले २५ औँ, एलिजह एडेबायाेले ४९ औँ र राेस बार्क्लेले ५७ औँ मिनेटमा गाेल गरे ।

याे जितसँगै आर्सनल १५ खेलमा ३६ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा यथावत् छ । आर्सनलले दाेस्राे स्थानमा रहेकाे लिभरपुलसँग ५ अङ्ककाे अग्रता बनाएकाे छ । लुटाेन टाउन उति नै खेलमा ९ अङ्कसहित १७ औँ स्थानमा छ ।

यस्तै गए राति नै भएकाे अर्काे खेलमा उल्भ्सले बर्नलेलाई १–० गाेल अन्तरले हरायाे । माेलिनेक्स स्टेडियममा भएकाे खेलमा उल्भ्सकाे जितमा ४२ औँ मिनेटमा ह्वाङ ही चानले गाेल गरे ।

 याे जितसँगै उल्भ्स १५ खेलमा १८ अङ्कसहित तालिकाकाे १२ औँ स्थानमा छ । बर्नले उति नै खेलमा ७ अङ्कसहित १९ औँ स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया