क्यालिफोर्नियामा रहेको रेस्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार : कम्तीमा १२ जनाको ज्यान गयो

 कात्तिक २२, २०७५ बिहिबार १७:१४:४७ | एजेन्सी
unn.prixa.net

अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एउटा रेस्टुरेन्टमा भएको गोलीकाण्डमा एकजना प्रहरी अधिकारीसहित कम्तीमा १२ जना मारिएका छन् ।

क्यालिफोर्नियाको थाउजेन्ड वोक्स सहरमा रहेको बोर्डरलाइन बार तथा ग्रिल रेस्टुरेन्टमा भएको गोलीकाण्डमा कम्तीमा १२ जना घाइते भएको बताइएको छ । 

अमेरिकी अधिकारीहरुका अनुसार संदिग्ध आक्रमणकारीको रेस्टुरेन्टभित्रै ज्यान गएको छ । आक्रमणकारीको परिचय भने नखुलेको अधिकारीहरुले जनाएका छन् । 

बुधबार राति झण्डै २०० जना व्यक्ति त्यस रेस्टुरेन्टमा कलेज पार्टीमा रमाइरहेका थिए । त्यतिबेला नै आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएको हो । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया