भ्रष्टाचार मुद्दामा सिङ्गापुरका पूर्वमन्त्रीलाई १२ महिनाको जेल सजाय
असोज १७, २०८१ बिहिबार
बर्दिया – अध्ययनको सिलसिलामा जापान गएका बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ पेरहनी गाउँका २१ वर्षीय निरज चाैधरीलाई मस्तिष्क घात भएकाे छ । गएकाे कात्तिक १ गते जापान जानु भएका चाैधरी १८ औँ दिनमा अध्ययनरत कलेज जापानको होस्टेलमा सुतिरहेको अवस्थामा मस्तिष्क रक्तस्राव भै अचेत अवस्थामा फेला पर्नुभएको हाे ।
अहिले उहाँको जापानमै उपचार भइरहेको छ । उहाँ अध्ययनरत कलेजमा अध्यापन गराउने शिक्षक नारायणप्रसाद बास्तोलाले अस्पतालमा भर्ना गराइ आईसीयूमा उपचार गराइरहनु भएको पारिवारिक स्रोतले जनाएको छ । हाल उहाँ बेहोस अवस्थाबाट होसमा आएको र उपचारको क्रममा सिकलसेल रोगसमेत देखिएको छ । यी सबै रोगको उपचार सम्भव रहेको तर खर्च धेरै लाग्ने अस्पतालले जनाएको छ ।
उहाँको जापानको साइटामा मेडिकल युनिर्भसिटी जनरल मेडिकल सेन्टरमा मस्तिष्क रक्तस्रावको उपचार भइरहेको तथा पारिवारिक स्थिति एकदमै कमजोर रहेकाले सम्पूर्ण मनकारी भावना भएका व्यक्तिहरुलाई आर्थिक सहयोगका लागि अनुरोध गर्दै ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को कार्यालयले सिफारिस गरेको छ ।
जापानमा बिरामी भएका छोराको उपचारका लागि आवश्यक पहल तथा समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालय बर्दियामा पनि लिखित निवेदन दिएको निरजका बुवा जीतबहादुर थारुले बताउनुभयो ।
नेपालबाट निरजको उपचारमा खर्च रकम जोहो गर्न र उपचार गर्नसमेत कठिनाइ हुनुका साथै स्वास्थ्य उपचारका लागि आवश्यक समन्वय गर्न कठिनाइ भएकाले ठाकुरबाबा नगरपालिका–२ पेरहनी गाउँका जीतबहादुर थारुले आफ्नो छोराको आवश्यक उपचार सरकारका तर्फबाट जापानमै गरिदिनका लागि परराष्ट्र मन्त्रालय मार्फत जापानस्थित नेपाली राजदूतावास, एनआरएन र अन्य संघसंस्था लगायत सम्बन्धित सरोकारवाला निकायहरुमा सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।
अध्ययनका सिसिलामा जापान गएर बिरामी पर्नुभएका बर्दिया ठाकुरबाबा नगरपालिका–२ पेरहनी गाउँका जीतबहादुर थारुका छोरा निरज चौधरीको उपचारमा सहयोग गर्न सहयोगी हातहरुले बुवा जितबहादुर चौधरीको मोवाइल नम्बर ९८६९५१९१३१ अथवा ९८४८१२७७९४ मा सम्पर्क गरी ग्लोबल आई एम ई बैंक खाता नम्बर : क्यु ९०७०१०००१३३४ जम्मा गर्न परिवारको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।