नेपाल सुपर लिग फुुटबलमा आज धनगढी र इलाम तथा काठमाण्डौ र बुटवल लुम्बिनी खेल्दै

 मंसिर २३, २०८० शनिबार ६:१४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछ । दिउँसो १ बजे हुने पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम क्लब खेल्ने छन् । धनगढीले अहिलेसम्म खेलेका ३ खेलमा दुईमा जित र एकमा बराबरी गरेको छ । धनगढी अङ्क तालिकाको दोस्रो स्थानमा छ।

यस्तै, सातौँ स्थानमा रहेको स्पोर्टिङ इलामले चार खेलमा एकमा मात्रै जित निकालेको छ । यस्तै, आजै हुने अर्काे खेलमा काठमाण्डौ रेर्जस फुटबल क्लब र बुटवल लुम्बिनी खेल्दै छन् । यो खेल बेलुका ५ बजे हुनेछ ।

काठमाण्डौ तालिकाको चौथो स्थानमा छ भने बुटवल लुम्बिनी छैटौँ स्थानमा छ । हिजो भएको खेलमा झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया