प्रिमियर लिग : एस्टोन भिल्लासँग आर्सनल पराजित

 मंसिर २४, २०८० आइतबार ६:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टोन भिल्लाले आर्सनललाई हराएकाे छ ।

गएराति भएकाे खेलमा आर्सनल एस्टोन भिल्लासँग १-० गाेल अन्तरले पराजित भएकाे हाे । 

जितसँगै एस्टोन भिल्लाले आर्सनलसँगको अङ्क दूरी घटाएको छ । दोस्रो स्थानमा धकेलिएको आर्सनलको ३६ अङ्क छ भने एस्टोन भिल्लाको ३५ अङ्क छ ।

गएराति भएका अरु खेलमा म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग ३–० ले पराजित भएको छ भने सेफिल्ड युनाइटेडले बेनफोर्डलाई १–० गोल अन्तरले हराएकाे छ ।

यस्तै, ब्राइटन र बर्नली तथा वुल्भ्स् र नटिङ्घम फरेस्टले एक-एक गोलको बराबरी खेलेका छन्। 

अन्तिम अपडेट: फागुन १८, २०८०

तपाईको प्रतिक्रिया