अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उहाँको मन्त्रीमण्डल सदस्...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - डाक्टर गोविन्द केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन शुरु गर्नुभएको छ । गेटा अस्पतालमा अनसन बस्न लागे पनि विश्वविद्यालय स्थापनार्थ सङ्घर्षरत स्थानीयले अवरोध गरेपछि उहाँले हिजो बेलुकीदेखि धर्मशालामा तीन दिने अनसन शुरु गर्नुभएको हो ।
सङ्घर्षरत समूहले डा. केसीलाई विश्वविद्यालय रोकेर प्रतिष्ठान स्थापनाको माग उठाएर विश्वविद्यालय निर्माण प्रक्रियालाई बिथोल्न खोजेको आरोप लगाउँदै अवरोध गरेका हुन् । गेटा मेडिकल कलेजको सञ्चालनलगायत पहिलेका मागको कार्यान्वयनसहित डा. केसीले अनसन शुरु गर्नुभएको हो । उहाँले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग गर्नुभएको छ ।
यस्तै, १०० शय्याभन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रम शुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबण्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने डा. केसीको माग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।