युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएका हमासको दाबी

 पुष ५, २०८० बिहीबार ६:३६:१८ | एजेन्सी
unn.prixa.net

हमास र इजरायलबीच युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको अक्टोबर ७ तारिखमा युद्ध शुरु भएयता उनीहरु मारिएको उल्लेख छ । हमासले इजरायलमा आक्रमण शुरु गरेपछि इजरायलले पनि जवाफी कारबाही थालेको थियो । त्यसबेला एक हजार २ सय व्यक्तिको ज्यान गएको थियो ।

२ सय ४० जना बन्धक थिए । जसमध्ये केहीलाई मुक्त गरिएको थियो । बाँकी बन्दी छुटाउन कायरोमा, हमास र इजिप्टका वार्ताकारबीच भएको पछिल्लो वार्ता भने निष्कर्षविहीन भएको बीबीसीले जनाएको छ ।

युद्धविराम अघि कुनै नयाँ बन्दी आदानप्रदान सम्झौता हुन नसक्ने हमासले जोड दिएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको खबरमा उल्लेख छ । कतारमा रहेका हमासका प्रमुख इस्माइल हनियाह गाजापट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न हिजो मात्रै कायरो पुग्नुभएको थियो ।

लडाइँ रोक्न अन्तर्राष्ट्रिय रूपमा तीव्र दबाब छ । तर अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसङ्घको सुरक्षा परिषदबाट पनि युद्ध अन्त्यका लागि ठोस पहल हुन नसकेको टिप्पणी भैरहेको छ । संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गाजाका २४ लाख बासिन्दामध्ये १९ लाख विस्थापित भएका छन् र सहायता समूहहरूको सहायता गर्ने सीमित क्षमताबारे चिन्ता बढ्दै गएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया