प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी

 पुष १२, २०८० बिहीबार ६:४४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी भएका छन् । आज बिहान भएको खेलमा सिटीले एभर्टनलाई, चेल्सीले क्रिस्टल प्यालेसलाई र उल्भ्सले ब्रेन्टफोर्डलाई हरायो ।

साविक विजेता टोली सिटीले एभर्टनलाई ३–१ गोलले हराएको छ । जितसँगै सिटी १८ खेलमा ३७ अंककासाथ तालिकाको चौथो स्थानमा छ ।

अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो । जितसँगै चेल्सी १९ खेलमा २५ अंककासाथ तालिकाको दशौँ स्थानमा छ ।

त्यस्तै, उल्भ्सले ब्रेन्टफोर्डलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । उल्भ्स १९ खेलमा २५ अंककासाथ ११औँ स्थानमा छ । अंकतालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अंक, दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अंक र तेस्रो स्थानमा रहेको एस्टनभिल्लाको १९ खेलमा ३९ अंक छ ।

प्रिमियर लिगमा आज राति ब्राइटन र टोटनहम तथा आर्सनल र वेस्टह्यामबीच खेल हुनेछ । वेस्टह्यामलाई हराउन सकेमा आर्सनल शीर्ष स्थानमा फर्कनेछ ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया