नेभिगेशन
बुधबार, कात्तिक २५, २०८३

आर्सनल वेस्ट ह्यामसँग पराजित, ब्राइटनले टाेटनह्यामलाई हरायाे

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा फुटबलमा आर्सनल वेस्ट ह्यामसँग पराजित भएको छ ।

गए राति इमिरेट्स स्टेडियममा भएको खेलमा वेस्ट ह्यामले घरेलु टाेलीलाई २–० गोलले हरायो । वेस्ट ह्यामले खेलको पहिलो र दोस्रो हाफमा १/१ गोल गरेको थियो । वेस्ट ह्यामका टाेमस सुसेकले १३ औँ र काेनस्टानटिनाेस माभ्राेपानेसले ५५ औँ मिनेटमा गाेल गरे ।

याे जितसँगै वेस्ट ह्याम १९ खेलमा ३३ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ । आर्सनलले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । आर्सनल १९ खेलमा ४० अङ्कका साथ दोस्रो स्थानमा यथावत् छ । शीर्ष स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अङ्क छ ।

ईपीएलकै अर्को खेलमा ब्राइटनले टोटनहमलाई ४–२ गोलले हराएको छ । ब्राइटनका लागि जाओ पेड्राेले २ तथा ज्याक हिन्शेलवूड र पेभ्रिस स्टुपिनाले समान १ गाेल गरे । टाेटनह्यामका अलेजाे भेलिज र बेन डेभिसले समान १ गाेल गरे ।

याे जितसँगै ब्राइटन १९ खेलमा ३० अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । समान खेलमा ३६ अङ्क रहेको टोटनहम पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति:
थप खेलकुद