भक्तपुरमा अपहरणमा परेकी बालिकाको ३६ घण्टापछि उद्धार, १ जना पक्राउ

 पुष १३, २०८० शुक्रबार ६:५६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – भक्तपुरमा अपहरणमा परेकी दुई वर्ष पाँच महिनाकी बालिकाको ३६ घण्टापछि उद्धार भएकाे छ । नेपाल प्रहरीको टोलीले सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।

काठमाण्डौ महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका बालिकाका अभिभावकसँगै रहेकी उनलाई गएको मङ्गलवार चिया खान आएका व्यक्तिले लगेको उजुरीपछि खोजी थालिएको थियो । जिल्ला प्रहरी परिसर काठमाण्डौ र उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको संयुक्त टोलीले ३६ घण्टापछि हिजो बिहीवार भक्तपुरबाट ती बालिकाको उद्धार गरी अभिभावकलाई बुझाएको हो ।

बालिका अपहरणको आरोपमा एक जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया