अपराजित रहँदै एपीएफले जित्याे प्रधानमन्त्री कपकाे उपाधि, काेशी ११ रनले पराजित

 पुस १८, २०८० बुधबार १३:५१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधि जितेकाे छ । आज बुधवार भएकाे फाइनल खेलमा काेशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेकाे हाे ।

एपीएफले दिएकाे १ सय १५ रनकाे लक्ष्य पछ्याएकाे काेशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्याे । काेशीका लागि  कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ६२ रन बनाइन् । बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगर र करुणा भण्डारीले समान १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायाे । एपीएफका लागि इन्दु बर्माले ५३ रन बनाइन् । बलिङतर्फ काेशीकी अप्सरी बेगमले ह्याट्रिक लिइन् । यस्तै एलिशा खडियाले २ विकेट लिइन् ।

एपीएफले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार पाएकाे छ । उपविजेता काेशीले ३ लाख रुपैयाँ प्राप्त गर्‍याे । यस्तै प्रतियाेगिताकाे उत्कृष्ट खेलाडी चुनिएकी काेशीकी कप्तान रुबिना क्षेत्रीले स्कुटर प्राप्त गरिन् ।

यसैगरी गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनी उदीयमान खेलाडी घोषित भइन् । उनले ५० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्राप्त गरिन् । प्रतियोगितामा मधेस प्रदेशकी पूजा महतो उत्कृष्ट बलर छनोट भइन् भने गण्डकी प्रदेशकी सुमन खतिवडाले उत्कृष्ट ब्याटरको उपाधि पाइन् । दुवै जनाले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया