भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन

 पुस २५, २०८० बुधबार ६:५८:५४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन भएको छ । प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उहाँको हिजो कोलकाताको एक अस्पतालमा निधन भएको हो । भारतीय शास्त्रीय सङ्गीतका चर्चित कलाकार खानको ५५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले उहाँको निधनमा शोक व्यक्त गर्नुभएको छ । उस्ताद राशिद खानको जन्म उत्तर प्रदेशको बदायूंमा भएको थियो । उहाँले सानै उमेरदेखि शास्त्रीय सङ्गीत सिक्नुभएको थियो।

उहाँले हिन्दी चलचित्र ’जब वी मेट’ को ’आओगे जब तुम...’ र ’माई नेम इज खान’ को ‘अल्लाह ही रेहम’ जस्ता चर्चित गीत गाउनुभएको छ । उहाँले ‘इश्क’, ‘मन्टो’, ‘मौसम’, कादम्बरी’ लगायतका चलचित्रका गीतसमेत गाउनुभएको छ । खानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया