जिम्बाब्वेविरुद्ध बंगलादेशकाे अन्तिम टेस्ट: पहिलो दिन ३०३ रन, ५ विकेट

 कात्तिक २५, २०७५ आइतबार २०:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशले जिम्बाब्वेविरुद्ध दोस्रो तथा अन्तिम टेस्टमा पहिलो दिन ३०३ रन जोडेको छ ।

शेर ए बांग्ला स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको  जिम्वावे पहिलो दिन ९० ओभरसम्म ब्याटिङ गर्दा ५ विकेट गुमाएर ३०३ रन जोडेको हो ।

बंगलादेशका मोमिनुल हकले १६१ रन बनाएर आउट हुँदा अर्का ब्याट्सम्यान मुस्फिकर रहिमले पनि शतक सहित १११ रन बनाएर क्रिजमै रहेका छन् ।

२६ रन बनाउँदा ३ विकेट गुमाएको बंगलादेशका लागि मोमिनुल हक र मुस्फिकर रहिमका बीचमा २६६ रनको साझेदारी भए पछि घरेलु टोलीले पहिलो दिन पूर्णरुपमा नियन्त्रण लिन सफल भएको हो । रहिम र कप्तान मोहमदुल्लाहले भोलि दोस्रो दिनको खेल अघि बढाउने छन् ।

पहिलो दिन जिम्वावेका केइल जेभ्रिसले ३ विकेट लिँदा टेन्डाइ चटारा र डोनाल्ट ट्रिपानोको नाममा एक एक विकेट रहेको छ। पहिलो टेस्ट जिम्वावेले १५१ रनले जितेको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया