इंग्लिस प्रिमियर लिग: फुलह्यामलाई दुई शून्यले हराउँदै लिभरपुल शीर्षस्थानमा

 कात्तिक २५, २०७५ आइतबार २०:५८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो जितको यात्रालाई कायमै राखेको छ ।

अाइतबार भएको खेलमा लिभरपुलले फुलह्यामलाई दुई शून्यले हरायो । जितपछि लिभरपुल केही घण्टाका लागि भएपनि लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र जेर्दान साकिरीले एक एक गोल गरे । खेलको ४१ औं मिनेटमा सलाहको गोलमा मार्फत लिभरपुलले अग्रता बनाएको थियो ।

लिगको पुछारमा रहेको फुलहयमविरुद्ध पहिलो हाफमा एक गोलको अग्रता बनाएको लिभरपुलले ५३ औं मिनेटमा अग्रता दोब्बर पार्यो । यसपटक उसका लागि साकिरीले गोल गरे ।

त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र लिभरपुल दुई शून्यले विजयी भयो । जितपछि लिभरपुलले १२ खेलबाट ३० अंक बनाउदै लिगको शिर्ष स्थानमा उक्लिएको छ । फुलह्याम भने १२ खेलबाट मात्र ५ अंकका साथ पुछारमा छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया