पूर्व डीआईजी शाहलाई भ्रष्टाचार मुद्दामा ३ वर्षको जेल सजाय हुने फैसला

 पुष २६, २०८० बिहीबार ६:४२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विशेष अदालतले पूर्वडीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय हुने फैसला गरेको छ । साहित्यकारसमेत रहेका शाहलाई तीन वर्ष जेल, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र त्यही परिणामको जरिबाना तिराउने फैसला भएको हो ।

क्षेत्रीय तालिम प्रहरी केन्द्र दुधौलीको कार्यालयमा प्रमुख रहेका बेला शाहले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दाका चार आरोपितमध्ये शाह र नेपाल प्रहरीका पूर्व सई दिपेन्द्र पनेरुलाई पनि तीन वर्ष नै कैद सजाय सुनाएको छ ।

पनेरुबाट पनि १६ लाख ६९ हजार बिगो र त्यति नै रकम जरिबाना तिराउन फैसला सुनाइएको छ । यही प्रकरणका आरोपितहरू लेखापाल सञ्जीव विशुङ्खे र प्रहरी हवलदार केशवसिंह ऐरीले भने विशेष अदालतबाट सफाइ पाएका छन् ।

भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले २०७६ फागुनमा उनीहरुमाथि मुद्दा दायर गरेको थियो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया