डलर सटहीमा कडाई, १५ सय मात्रै साट्न पाइने

 कात्तिक २६, २०७५ सोमबार ८:३४:३० | उज्यालो सहकर्मी

काठमाडौं - विदेश जाने नेपालीले अब १५ सय डलर मात्रै साट्न पाउने भएका छन् । यसअघि २५ सय डलर साट्ने सुविधा भएकोमा सरकारले सटही सुविधा कटौती गरेको हो । 

अमेरिकी डलर महँगो बन्दै गएको र यसको सञ्चिति घटेपछि सटही सुविधा कटौती गर्नु परेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यसअघि भारतबाहेक तेस्रो देश जाँदा २५ सय अमेरिकी डलर सटही सुविधा दिँदै आएको थियो। अब नगदमा १५ सय अमेरिकी डलरभन्दा बढी सटही सुविधा नपाइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले नगद सुविधाबाहेक टिटी सुविधा पनि घटाएको छ। यसअघि ४० हजार अमेरिकी डलरको टिटी सुविधालाई अहिले घटाएर ३० हजारमा झारेको छ।
चालू खातामा घाटा र शोधनान्तर घाटा बढ्दै गएपछि सटही सुविधा कटौती गर्नुपरेको राष्ट्र बैंकको भनाई छ ।

चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांक हेर्ने हो भने अहिले २५ अर्ब रुपैयाँ बराबरको शोधनान्तर घाटा छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया