सन् २०२४ मा पृथ्वीको तापक्रम अझै बढ्ने बेलायतको मौसम विभागको चेतावनी

 माघ १, २०८० सोमबार ६:४९:२२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

बेलायतको मौसम विभागले सन् २०२४ मा पृथ्वीको तापक्रम अझै बढ्ने चेतावनी दिएको छ । सन् २०२३ अहिलेसम्मकै तातो वर्ष घोषणा भएकोमा सन् २०२४ मा विश्वको तापक्रम झनै बढ्ने विभागले जनाएको हो । सन् २०२४ मा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्रीभन्दा बढीले बढ्न सक्ने विभागको अनुमान छ ।

ग्रीन हाउस ग्यासको उत्सर्जन, बढ्दो प्रदूषण, कार्बनडाइअस्काइड ग्यास, अलनिनोका कारण विश्वको तापक्रम वृद्धि भएको बीबीसीले जनाएको छ । प्रशान्त महासागरमा भएको मौसमको उतारचढावका कारण समुद्रको तातो पानी सतहमा आउने गर्छ । जसलाई अलनिनो भनिन्छ ।

तापक्रम वृद्धिका कारण सन् २०२३ मा पृथ्वीको जलचक्र पूर्णरुपमा प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जसका कारण विश्वभर असमान्य चक्रवात, बाढी, पहिरो, तुफानलगायतका विपत्ति आउने क्रम बढिरहेको अध्ययनमा उल्लेख छ ।

यो वर्षको मार्चमा आएको फ्रेडी तुफान, सेप्टेम्बरमा  भूमध्य सागरमा आएको ड्यानियल तुफान, अक्टोबरमा प्रशान्त क्षेत्रमा आएको ओटिस तुफान र क्यानडाको जङ्गलमा लागेको आगलागी सन् २०२३ मा जलवायु परिवर्तनका कारण निम्तिएका ठूला विपत्ति हुन् । विश्व मौसम एट्रिब्युशन (डब्ल्यूडब्ल्यूए) ले मानवीय क्रियाकलापका कारण पृथ्वीको तापमान वृद्धिको सम्भावना १०० गुणाले बढ्न सक्ने जनाएको छ ।

सन् २०१५ को डिसेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा एक सय ९५ देशका नेताहरू विश्वको तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा राख्न सहमति भएको थियो । ठूलाठूला मञ्चमा तापक्रम बढ्न नदिने कुरा उठ्छ तर ती कुरा कागजमा मात्र सीमित हुँदा तापक्रम लगातार बढिरहेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया