रुसकाे जासूस सैन्य विमान खसालेको युक्रेनको दाबी

 माघ २, २०८० मंगलबार ६:४८:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनको सेनाले आजोभ सागरमा रुसी जासूस सैन्य विमान खसालेको दाबी गरेको छ ।

युक्रेनी सेना प्रमुखले वायुसेनाले लामो दूरीको राडार पत्ता लगाउने रुसको विमानलाई नष्ट गरेको बताएका बीबीसी हिन्दीले जनाएको छ । यो विमानले रुसको हवाई सुरक्षा प्रणाली पत्ता लगाएर अरु जेट विमानहरूको सम्भावित निशाना पहिले नै पत्ता लगाउने गरेको थियो । यसअघि युक्रेन लगातार दक्षिणपूर्वी क्षेत्रमा रुसमाथि कब्जा जमाउन असफल भएको थियो । तर युक्रेनले सैन्य विमान खसालेको कुरालाई विज्ञहरूले रुसको हवाई शक्तिका लागि ठूलो धक्का पुगेकाे मानिरहेका छन् ।

रुसी विशेषज्ञहरूले ए–५० नामको रुसी जासूस सैन्य विमानको विनाश ठूलो कुरा भएको बताएका खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया