नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग १० विकेटल...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परेको छ । पश्चिमी वायुको प्रभावले हिजो केही ठाउँमा हल्का पानी परेको र आज पनि पहाडी भेगका केही ठाउँमा पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिउँदमा ढिलै भए पनि फाट्टफुट्ट पानी परेपछि अब पानी पर्ने सम्भावना बढेको भन्दै किसान हर्षित भएका छन् । उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातसमेत भएको छ । महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाको भक्तपुर आसपास, दोलखा, सिन्धुपाल्चोक र ताप्लेजुङलगायत क्षेत्रमा छिटफुट पानी परेको छ ।
आज पनि केही ठाँउमा छिटफुट मात्र पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार दोलखाको कालिञ्चोक, सोलुुको लुक्ला, ताप्लेजुङ लगायतका उच्च पहाडी भेगमा हिमपात भएको छ ।
कालिञ्चोक क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको हो । कालिञ्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरीलगायत ठाउँमा हिमपात भएको छ । भोलिसम्म मौसम बदली हुने र केही ठाउँमा हल्का वर्षासँगै हिमपात हुने मौसमविदले बताएका छन् ।
मौसमविदका अनुसार देशैभरको मौसम आंशिक बदली हुने र तराईमा हुस्सु र कुहिरो लाग्नाले चिसो अझै बढ्नेछ । यसपालिको हिउँद सकिन लाग्दा समेत हिमपात र हिउँदे वर्षा राम्रोसँग हुन सकेको छैन। गएका वर्षमा मङ्सिरमै हिमपात हुने गरेकोमा यसपालि माघको पहिलो हप्ता लागिसक्दा बल्ल केही ठाउँमा फाट्टफुट्ट वर्षा र हिमपात भएको हो ।
समयमै हिउँदे वर्षा र हिमपात नहुँदा हिमाली तथा उच्च पहाडी क्षेत्रमा अन्नबालीमा असर पर्न थालेको छ भने हिमालहरू कलापत्थरमा परिणत हुँदै गएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।