इजरायल र हमासबीच गाजामा मानवीय सहायता उपलब्ध गराउने सम्झौता

 माघ ३, २०८० बुधबार ६:४५:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इजरायल र हमासले युद्धग्रस्त गाजामा थप मानवीय सहायता उपलब्ध गराउने सम्झौता गरेका छन् । कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउनेछ । त्यसको बदलामा इजरायलले गाजामा थप आधारभूत आपूर्तिहरूलाई अनुमति दिने कतारका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ  ।

एक सय दिनभन्दा बढी समयसम्म इजरायली आक्रमणका कारण गाजाका विभिन्न क्षेत्रमा अवस्था भयावह रहेको बीबीसीको खबरमा उल्लेख छ । यसैबीच अमेरिकाले अब हुने वार्ताले थप बन्धकहरूलाई रिहा गर्न सक्ने कुरामा आशावादी रहेको बताएको छ ।

अमेरिकी मध्यपूर्व राजदूत लगायतका अधिकारीहरु इजरायल र हमासबीच हुनसक्ने थप सम्झौताको सम्भावनाबारे छलफल गर्न कतारमा रहेका ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ताले जानकारी दिएका छन् । अहिलेसम्म भएका छलफलहरू गम्भीर र गहन रहेको भन्दै अमेरिकाले छिटै नै युद्ध अन्त्य हुनेमा आशावादी भएको प्रतिक्रिया दिएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया