चिलिमेका ३ वटा जलविद्युत् आयोजनाको निर्माण सकियो, १६८ मेगावा...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ ।
दक्षिण अफ्रिकामा भइरहेको विश्व कप अन्तर्गत समूह 'डी' मा रहेको नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो ।
न्युजिल्यान्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३८ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो ।
नेपालले अब पर्सि बुधवार पाकिस्तानसँग खेल्नेछ । यो समूहमा अफगानिस्तान पनि रहेको छ । हिजो भएको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो । आज समूह 'ए' को बङ्लादेश र आयरल्यान्ड तथा समूह 'सी' को अष्ट्रेलिया र नामिबियाबीच खेल हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।