जलविद्युत् आयोजनाको बाँध खोल्दा जलाउँदै गरेको शव बगायो

 माघ १४, २०८० आइतबार ६:५८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – रामेछापको उमाकुण्ड गाउँपालिकामा रहेको लिखु २ जलविद्युत् आयोजनाले बाँध खोल्दा लिखु नदीमा जलिरहेको लास बगाएको छ । हिजो बेलुका ६ बजेतिर उमाकुण्ड गाउँपालिका, गुम्देलको बाल्दिङका झपडबहादुर थापाको शव जलाइरहेका बेला आयोजनाले एक्कासी बाँध खोलेर नदीमा पानी पठाउँदा जलिरहेको शव बगाएको हो ।

‘लास भर्खरै जल्न लागेको थियो, एक्कासी नदीमा बाढी आयो, केही मानिसहरुलाई पानीले भेटिसकेको थियो, जसोतसो मलामी त भागे तर लास बगायो’ मृतकका आफन्त समेत रहेका सोलुुखुम्बु लिखुपिके गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष ध्रुव बस्नेतले भन्नुभयो ।

बाँध खोल्दा आयोजनाले स्थानीयलाई जानकारी दिनुपर्नेमा उल्टै लास जलाइरहेको बेला पनि बाँध खोलिदिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । नदीमा पानीको बहाव बढेर लास बगाएपछि मलामीले बाँध खोल्ने आयोजनाका कर्मचारी सञ्जीव खनाललाई समातेर प्रहरीलाई जिम्मा लगाएको छ ।

लास बगाएपछि बलुकै सोलुखुम्बुको किञ्जामा रहेको प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घटनास्थलमा पुगेको हो । खनालले मेसिनमा समस्या आएकोले बाँध खोल्नुपरेको बताएका स्थानीयले बताएका छन् । दुगड समूहको लगानी रहेको ५५ मेघावाट क्षमताको लिखु २ जलविद्युत् आयोजनाले केही महिनाअघिदेखि व्यावसायिक उत्पादन दिन थालेको हो ।

आयोजनाले खोलामा छाड्नुपर्ने जति पानी नछाडेको भन्दै स्थानीयले यसअघि पटकपटक आयोजनाको ध्यानाकर्षण गराउँदै आएका थिए । खोलामा लास जलाउन पानी नै नहुने अनि बगरमा लास जलाइरहँदा पानी छाडिदिने गरेर आयोजनाले त्रसित बनाएको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया