वृद्ध बाबुलाई खुकुरी प्रहार गर्ने छोरा पक्राउ

 कात्तिक २६, २०७५ सोमबार १९:३७:६ | उज्यालो सहकर्मी

खोटाङ – ६९ वर्षीय वृद्ध बाबुलाई खुकुरी प्रहार गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेका २८ वर्षीय बिसन कटवाल पक्राउ परेका छन् । 

सोमबार दिउँसो वृद्ध बाबु कालीबहादुर कटवाललाई खुकुरी प्रहार गर्ने बिसनलाई घट्ना लगत्तै पक्राउ गरिएको हो । मानसिक सन्तुलन गुमाएका बिसनको खुकुरी प्रहारबाट वृद्ध बाबुको हात, ढाड लगायत शरीरका अन्य भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै, कर्तव्य ज्यान मुद्धामा सर्वोच्च अदालतबाट २०६८ साल असार २४ गते १० वर्ष कैद हुने फैसला सुनाइएका रावाबेँसी गाउँपालिका–६, हौंचुरका ३८ वर्षीय रामचन्द्र राई पक्राउ परेका छन् । 

सोमबार घरबाटै पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशमा कैद भुक्तानका लागि सोमबार नै कारागार चलान गरिएको हो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया