पार्सल खोल्दा ज्युँदो सर्प भेटियो

 कात्तिक २६, २०७५ सोमबार २०:१९:१२ | एजेन्सी
unn.prixa.net

मलेसियामा एउटा फोटो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । मलेसिया विश्वविद्यालयका नाममा पठाइएको एउटा पार्सलमा ज्युँदो सर्प(पाइथन) भेटिएपछि सामाजिक सञ्जालमा भाइरल भएको हो । 

लाजु पार्सल कुरियर कम्पनीको माध्यमबाट पठाइएको त्यो पार्सलको बाहिर ‘फुटब बूट्स’ लेखिएको थियो । साथै त्यसको तौल एक किलो ९ सय ७० ग्राम भएको समेत उल्लेख थियो । विश्वविद्यालयमा पढ्ने एक जना विद्यार्थीको नाममा त्यो पार्सल पठाएको मलेसियाली प्रहरीले जनाएको छ ।

पार्सलमा पठाइएको सर्प बर्मेली पाइथन भएको र विषालु नभएको बताइएको छ । जुन सर्प एसिया पाइने दोस्रो ठूलो प्रजातिको हो । 

मलेसियाको पोस्ट अफिस कानुन १९४७ अनुसार प्रतिबन्धित सामग्रीमा पर्ने जनावर र विस्फोटक पदार्थहरु पार्सल गरेर पठाउन पाइने छैन ।

पार्सलमा सर्प राखेर पठाउने व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया