स्पाइडर म्यान, हल्कजस्ता सुपर हिरोको रचना गर्ने स्टेन लीको निधन

 कात्तिक २७, २०७५ मंगलबार ८:१३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको ९५ वर्षको उमेरमा निधन भएको छ । अमेरिकाको कमिक बुक संस्कृतिमा निकै लोकप्रिय मानिएका लीले अमेरिकाकाे लस एन्वलसकाे एक निजी अस्पतालमा सोमबार अन्तिम सास लिएका छन् ।

उनले मार्भल कमिक्सका लागि दी फन्ट्यास्टिक फोर, स्पाइडरम्यान, द इन्क्रेडिबल हल्क शीर्षक अन्तर्गत कमिक लेखेका छन् । उनकी छोरी जेसी लीले पनि आफ्ना बुवाको निधन भएको पुष्टि गरेकी छिन् । उनले आफ्ना बुवाले सबै प्रशंसकलाई एकदमै माया गर्ने पनि बताएकी छिन् ।

पछिल्लो केही वर्षयता निमोनियालगायतका रोगबाट ली ग्रसित भएकोे अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । लीको जन्म सन् १९२२ भएको थियो ।

उनले सन् १९६१ मा दी फन्ट्यास्टिक फोर बाट कमिक लेख्न सुरु गरेका थिए । उनले रचना गरेका यी कमिक र सुपर हिरोमा आधारीत चलचित्रले विश्वभर नै चर्चा पाएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया