टेस्लाले अमेरिकामा बिक्री गरिएका झण्डै २२ लाख गाडी फिर्ता माग्यो : चेतावनी बत्तीमा समस्या

 माघ २०, २०८० शनिबार ६:४५:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – टेस्लाले अमेरिकामा बिक्री गरिएका झण्डै २२ लाख गाडी फिर्ता मागेको छ । चेतावनी बत्ती धेरै सानो भएकाले समस्या आएपछि गाडी फिर्ता गर्न लागिएको हो । अमेरिकी सुरक्षा नियामक निकायले अनलाइन सफ्टवेयर अपडेटका साथ गाडी फिर्ता लिनेबारे जानकारी दिएको समाचार संस्था एपीले जनाएको छ ।

यसमा सन् २०१२ देखि सन् २०२३ को मोडल एस, सन् २०१६ देखि सन् २०२३ को मोडल एक्स, सन् २०१७ देखि सन् २०२३ को मोडल ३ तथा अरु मोडल वाई र साइबरट्रक समावेश छन् । ब्रेक, पार्क र एन्टिलक ब्रेक चेतावनी बत्तीहरूको फन्ट आकार सङ्घीय सुरक्षा मापदण्डको अपेक्षामा साना भएको उल्लेख छ ।

यसबाट महत्त्वपूर्ण सुरक्षा जानकारी पढ्न कठिन हुनसक्ने र दुर्घटनाको खतरा बढ्न सक्ने आशङ्का छ । टेस्लाले पहिला नै सफ्टवेयर अपडेट शुरु गरेको र सवारी धनीलाई मार्च ३० देखि सूचित गरिने जनाएको छ । नियमित सुरक्षा पालना अडिटपछि गाडीको समस्या जानकारीमा आएको हो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया