कालीकोटको खाँडाचक्रमा नियम विपरीत निमित्त प्रमुख प्रशासकीय अध...
मंसिर ८, २०८१ शनिबार
गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा ‘मानवताविरुद्धको अपराध’ को मुद्दा दायर गर्ने भएका छन् ।
इजरायल र गाजाबीचको युद्धका कारण धेरै निर्दोष नागरिकले ज्यान गुमाउनु परेको भन्दै बन्धक बनाइएकाका परिवारका प्रतिनिधिले हमासका नेताविरुद्ध आईसीसीमा मुद्दा दायर गर्ने बताएका हुन् । यसका लागि उनीहरु हिजै नेदरल्यान्ड्सकाे हेग गएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
इजरायली अधिकारीहरूका अनुसार हमासको नेतृत्वमा प्यालेस्टिनी लडाकुहरूले गएको अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा झण्डै २ सय ५० जनालाई अपहरण गरेर बन्धक बनाएका थिए, जसमध्ये झण्डै १ सय ३० जना अझै गाजामा बन्धक बनाइएका छन् । तीमध्ये २९ जनाको ज्यान गइसकेको अनुमान गरिएको खबरमा उल्लेख छ ।
बन्धक बनाइएका र हराइरहेका परिवार मिलेर ‘होस्टेज एण्ड मिसिङ फ्यामिलिज फोरम’ गठन गरेका छन् । यो फोरमले जतिसक्दो छिटो युद्ध रोक्न र आफ्ना परिवारका सदस्यलाई सकुशल रिहाइ गर्न दबाब दिने बताएका छन् । अहिले इजरायलमा बन्धकका परिवारले भयानक अवस्थाबाट गुज्रिनु परेको र युद्ध नरोकिए विश्वव्यापी रुपमै यस्तो समस्या निम्तन सक्ने चेतावनी समेत दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।