तनहुँको व्यास नगरपालिकाका एक सय आठ जना दीर्घरोगीलाई आर्थिक स...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – नेपाली महिला राष्ट्रिय फुटबल टोली वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको दोस्रो खेलमा नेपालको जितसँगै प्यालेस्टाइनले सिरियालाई हराएपछि समूह बी बाट सेमिफाइनल जाने दुई टोलीको टुङ्गो लागेको हो । साउदी अरबमा जारी आठ वटा राष्ट्र सम्मिलित प्रतियोगिताको दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा हिजो इराकलाई ५–० ले हराउँदै ६ अङ्क जोडिसकेको छ । हिजोको खेलमा नेपालका लागि सबै गोल सावित्रा भण्डारीले गरेकी हुन् । योसँगै उनले अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीका लागि ५० गोल पूरा गरेकी छिन् ।
यस्तै प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३–० तथा दोस्रो खेलमा सिरियालाई १–० ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । अब समूह चरण अन्तर्गत भोलि सिरिया र इराक तथा प्यालेस्टाइन र नेपाल खेल्नेछन् । नेपाललाई समूह विजेता बन्न बराबरी खेले पुग्ने छ । प्यालेस्टाइनले भने अन्तिम खेलमा नेपाललाई हराए मात्र समूह विजेता बन्नेछ ।
यस्तै अर्को समूहमा ५ पटकको विजेता जोर्डन र लेबनान सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने लेबनान र जोर्डनको खेलले समूह विजेताको छिनोफानो हुनेछ । यस समूहबाट आयोजक साउदी अरब र ग्वाम बाहिरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।