सरकारका कारण सङ्कट बढेको एमालेको निष्कर्ष, विवादित मन्त्रीहरूलाई बर्खास्त गर्न माग

 फागुन ११, २०८० शुक्रबार ६:५३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेले सरकारको गलत आर्थिक नीतिका कारण अर्थतन्त्र कमजोर हुँदै गएको र विकास निर्माण ठप्प हुँदै गएको निष्कर्ष निकालेको छ । हिजो सकिएको केन्द्रीय कमिटी बैठकले सरकारको बेथितिका कारण देश हरेक हिसाबले सङ्कटग्रस्त बन्दै गएको ठहर गरेको हो ।

एमालेले चर्को ब्याजदर, झण्झटिलो कर प्रशासन र सरकारका दोहनकारी नीतिका कारण व्यवसायीहरु हतोत्साही अवस्थाममा पुगेको जनाएको छ । वर्तमान गठबन्धन सरकारको कुशासन, आर्थिक असफलता, भ्रष्टाचार, चरम असुरक्षा, महँगीजस्ता विषयले नेपाली नागरिक आक्रान्त रहेको, सरकार पूर्णरूपमा असफल भएको, सरकारको गैरजिम्मेवार रवैयाले व्यवस्थामाथि नै प्रश्न उठाउने काम गरेको एमालेको आरोप छ ।

एमालेले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न पनि सरकारसँग आग्रह गरेको छ । सडक दुर्घटना बढ्दा सरकारले चासो नदिएको, शिक्षा क्षेत्रमा सरकारको हस्तक्षेप उदाङ्गो भएको, सरकार कूटनीतिक मामिलामा चुकेको एमालेको निष्कर्ष छ ।

एमालेले विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न पनि माग गरेको छ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न एमालेले माग गरेको हो । सरकारले तस्करी र भ्रष्टाचारलाई संरक्षण गरेको र शासन सञ्चालनमा द्वैध चरित्र देखाएको एमालेको आरोप छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया