टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलामा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दै

 फागुन १७, २०८० बिहिबार ६:३५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्राे खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् ।

नेदरल्यान्ड्स र नामिबिया आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यसअघि दुवै देशले नेपालसँग खेलिसकेका छन् । नेपाल पहिलो खेलमा अस्ति नामिबियासँग २० रनले पराजित भएको थियो भने दाेस्रो खेलमा हिजो नेदरल्यान्ड्ससँग दुई रनले हारेको थियो ।

यसअघि लिग–२ अन्तर्गत भएका चार खेलमध्ये नेपाल दुई वटा खेलमा नामिबियासँग हारेको थियो । त्यस्तै एउटा खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो भने एउटा खेलमा हार ब्यहोरेको थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया