'प्रि–मनसुन' शुरु भएपछि हिजाे देशभर पानी पर्‍याे, आजदेखि मौसममा क्रमिक सुधार हुने

 फागुन २१, २०८० सोमबार ६:४८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – 'प्रि–मनसुन' शुरु भएपछि पहिलो पटक हिजो काठमाण्डौसहित देशभर पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनुका साथै विभिन्न ठाउँमा पानी परेको छ ।

कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भेगबाहेक देशभर पानी परेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको र आजदेखि मौसममा क्रमिक सुधार हुने मौसमविद्ले बताएका छन् ।

'प्रि–मनसुन' मा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने, दिउँसोपछि बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित पानी पर्ने गर्छ । मार्च, अप्रिल र मे महिनालाई 'प्रि–मनसुन' को अवधि मानिन्छ ।

यसैबीच बाक्लो हिमपातका कारण विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक खण्ड बन्द भएको छ । सडक डिभिजन कार्यालय जुम्लाले झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्टिचौर र मुगु–जुम्ला सिमानामा पर्ने बुलबुलेमा बाक्लो हिउँ जमेकाले सडक बन्द भएकाले जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ । मुस्ताङमा पनि अत्यधिक हिमपातका कारण सडक, बिजुली र सञ्चार सम्पर्कविच्छेद भएको छ ।

हिमपातका कारण कोरला राजमार्ग बन्द हुँदा कोरला नाका घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ । यस्तै सोलुखुम्बु, बाग्लुङ, रुकुम, कास्की, लमजुङलगायत जिल्लाका उच्च पहाडी क्षेत्रका स्थानीय सडक पनि हिमपातले अवरुद्ध भएका छन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया