प्रिमियर लिगमा सिटीले युनाइटेडलाई ३–१ ले हरायाे

 फागुन २१, २०८० सोमबार ६:४०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गए राति घरेलु मैदानमा भएकाे खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हरायो ।

खेलको ८ औँ मिनेटमा मार्कस र्‍यासफाेर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५६ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका फिल फोडेनले गोल गर्दै खेलमा बराबरी गरे । फेरि खेलकाे ८० औँ मिनेटमा उनले नै दोस्रो गोल गरेर टाेलीलाई अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीकाे ३–१ काे जित सुनिश्चित गरे ।

याे जितसँगै तालिकाकाे दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २७ खेलमा ६२ अङ्क भएको छ । पहिलो स्थानमा रहेको लिभरपुलको समान २७ खेलमा ६३ अङ्क छ । युनाइटेड उति नै खेलमा ४४ अङ्कसहित छैटाैँ स्थानमा छ ।

यस्तै गए राति भएको अर्को खेलमा बर्नमाउथले बर्नलीलाई २–० गोलले हराएको छ । बर्नमाउथ २६ खेलमा ३१ अङ्कसहित १३ औँ र बर्नली २७ खेलमा १३ अङ्कसहित १९ औँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया