कैलालीको अत्तरियामा पनि यामाहाको नयाँ शोरुम

 कात्तिक २९, २०७५ बिहिबार ११:५२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबारबाट कैलालीको अत्तरियामा नयाँ डिलर सुरु गरेको छ ।

एमएडब्लुले शुभकोटी मोटर्स प्रालिमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यहाँ आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत गरी नयाँ डिलरसिप सुरु गरिएको हो । 

नयाँ शोरुमको उद्घाटन एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले गर्नुभएको थियो । शुभकोटी मोटर्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् । 

पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको शाेरुम सुरु गर्नु गौरवको कुरा भएको शुभकोटी मोटर्सका प्रबन्ध निर्देशक समुन्द्र भण्डारीले बताउनुभयो । उहाँले यामाहा ब्रान्डका दुईपांग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनु नपर्ने बताउनुभयो । ‘यहाँबाट हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियनले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन्,’ उहाँले भन्नुभयो । 

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर ३, एफजी २५, फेजर २५, आर १५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ । साथै, फेजर प्लेटफर्मको फेजर २५ले पनि राइडरहरुलाई आकर्षित गरिरहेको छ । 

एमएडब्लुले नाडा अटो सोमार्फत आर१५ भी ३, एक्सटिजेड र रे जेडआर स्ट्रिट र्‍याली गरी तीन वटा नयाँ मोडेल सार्वजनिक गरेको थियो । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिन जडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया