प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे नागरिक उन्मुक्ति पार्टीको दुईथरी विज्ञप्ति

 फागुन ३०, २०८० बुधबार ६:४०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा पुुगेको छ । रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठबीचको विवाद बढ्दै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे दुुईथरी विज्ञप्ति आएको छ । श्रेष्ठ पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई ‘ह्विप’ लगाएको छ भने चौधरी पक्षले सरकारमा नगएर प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।

श्रेष्ठ पक्षले केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने, तर प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरुसँग सहकार्य र समन्वय गरी सम्वाद अघि बढाउने भनेको छ । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टीको भूमिका निर्णायक छ । प्रदेश सभामा नागरिक उन्मुक्तिका सात सांसद छन् । चौधरी पक्ष कांग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन गर्दै कमलबहादुर शाहलाई नै मुख्यमन्त्रीमा निरन्तरताको अडानमा छ ।

उन्मुक्तिका सातमध्ये पाँच जना सांसद प्रदेश सरकारमा मन्त्री भैसकेका छन् । अध्यक्ष श्रेष्ठले भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन नरहेको बताउँदै सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिनुुभएको छ । तर उहाँको निर्देशन कार्यान्वयन हुन सकेको छैन ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया