पीएम कप क्रिकेट : उपाधिका लागि साेमबार लागि आर्मी र एपीएफ खेल्दै

 जेठ २७, २०७५ आइतबार १८:१०:४ | उज्यालो सहकर्मी

काठमाडौंं – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी र एपीएफ क्लब आमने सामने हुँदैछन् ।
 
राष्ट्रिय खेलाडी बिनोद भण्डारीको कप्तानीमा रहेको आर्मी र राष्ट्रिय टोलीका बलर वसन्त रेग्मीको नेतृत्वको एपीएफबीचको फाइनल खेल त्रिवि मैदान कीर्तिपुरमा सोमबार बिहान ९ बजेदेखि सुरु हुनेछ ।
 
राष्ट्रिय खेलकुद परिषदको अयाोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी प्रतियोगिताको एकमात्र अपराजित टोली हो । 

युवा खेलाडीहरुको वर्चस्व रहेको आर्मी ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलित देखिन्छ ।
 
एपीएफले पनि उत्कृष्ट ब्याटिङ गर्दै आएको छ । यद्यपी यस प्रतियोगितामा एपीएफको बलिङ आर्मीको तुलनामा प्रभावकारी बन्न सकेको छैन ।

समूह चरणमा आर्मीले एपीएफलाई ७० रनले पराजित गरेको थियो ।
 
सेमिफाइनलमा आर्मीले प्रदेश नम्बर ५ लाई १५४ रन र एपीएफले नेपाल पुलिसलाई डकवर्थ लुईस नियमका आधारमा ९ रनले हराउँदै फाइनल प्रतिस्पर्धा पक्का गरेका थिए ।
 
प्रतियोगिताको विजेताले २० लाख, उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउनेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
 
पहिलो पटक संघीय संरचनाअनुसार आयोजना गरिएको एकदिवसीय प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता थियो ।

प्रतियोगिता जेठ १३ गतेदेखि सुरु भएको हो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया