बलात्कृत युवतीको अण्डरवेयर अदालतमा देखाएपछि हंगामा

 कात्तिक २९, २०७५ बिहिबार १३:२४:५७ | एजेन्सी
unn.prixa.net

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ भएका एक व्यक्ति रिहा भएपछि आयरल्याण्डका विभिन्न ठाउँमा प्रदर्शन भैरहेको छ ।

मुद्दाको सुनुवाइको क्रममा अभियुक्तका वकीलले अदालतमा भनेका थिए, ‘तपाईँहरुले उनको पोशाक पनि हेर्नुपर्छ । उनले फितावाला अण्डरवेयर लगाएकी थिइन् ।’ न्यायाधीशहरुले २८ वर्षीय अभियुक्तलाई निर्दोष ठहर गरेका थिए । 

अदालतको फैसलामाथि विवाद उत्पन्न भएसँगै पीडित युवतीमाथि नै आरोप लाग्न थालेपछि एक महिला सांसदेले संसदमै अण्डरवेयर लिएकर आएकी थिइन् । 

सांसद रुथ कोपिंगरले संसदमा नीलो रंगको अण्डरवेयर देखाउँदै भनिन्, ‘यहाँ अण्डरवेयर देखाउनु लाजमर्दो कुरा हुन सक्ला । तर तपाईँले यो सोच्नु पर्छ कि अदालतमा एक महिलाको अण्डरवेर देखाउँदा उसलाई कस्तो भयो होला ।’

यो घटनाका बारेमा सबैभन्दा पहिला नोभेम्बर ६ मा आइरिस एक्जामिनरले रिपोर्ट प्रकाशित गरेको थियो । अभियुक्तले ती युवतीसँग सहमतिमा नै शारीरिक सम्पर्क राखेको बताएका थिए । 

वकीलको तर्कपछि विवाद

अभियुक्तका वकील एलिजाबेथ ओ कोनेलले दिएको तर्कपछि सामाजिक सञ्जालमा निकै विवाद उत्पन्न भएको छ ।

आइरिस एक्जामिनरका अनुसार वकील एलिजाबेथले सोधेकी थिइन्, ‘के यी प्रमाणले उनले अभियुक्तलाई आकर्षित गरेकी थिइनन् ? के उनी कसैसँग भेट्न सहमत थिइनन् ?’

वकीले न्यायाधीशसामू भनिन्, ‘तपाईँहरुले उसको कपडा पनि हेर्नुपर्छ । उनले लेसवाला अण्डरवेयर लगाएकी थिइन् ।’

समाचारपत्रमा यो खबर सार्वजनिक भएसँगै डबलिन रेप क्राइसिस सेन्टरकी प्रमुखले वकीलको तर्कको आलोचना गरेकी थिइन् । उनले अदालतको फैसलाको आलोचना भने गरिनन् । उनले कानुनी प्रक्रियामा सुधार गर्नुपर्ने बताइन् । 

अहिले आयरल्याण्डमा सामाजिक सञ्जालमा वकीलको तर्कको निकै आलोचना गरिएको छ ।

#ThisIsNotConsent धेरैले ट्वीट गरेका छन् । धेरै महिलाले आफ्नो अण्डरवेयरको तस्बिर पनि सामाजिक सञ्जालमा राखेका छन् ।

अदालतका कपडाकै रंग र आकारले महिलाको बलात्कार हुन्छ भन्ने तर्क दिएका कारण धेरै महिलाले आफ्नो अण्डरवेयरको रंग र आकार देखाइरहेका छन् ।

धेरै महिलाहरुले बलात्कारको मुद्दाको सुनुवाइ हुँदा कैयौँ देशका अदालतमा के भन्न हुन्छ र के भन्न् हुँदैन भन्ने जानकारीसहित सामाजिक सञ्जालमा वकील एलिजाबेथको आलोचना गरेका छन् ।

यही वर्ष उत्तरी आयरल्याण्डमा बलात्कारको एउटा मुद्धामा रग्बीका दुई चर्चित खेलाडीलाई रिहा गरिएको थियो । अदालतले गरेको सुनुवाइ प्रक्रिया सार्वजनिक भएसँगै आयरल्याण्ड र उत्तरी आयरल्याण्डमा व्यापक प्रदर्शन भएको थियो । 

आज पनि घटनाको विरोधमा राजधानी डबलिनसहित थुप्रै सहरमा विभिन्न समूहले प्रदर्शन गरेका छन् । समाजवादी महिलावादी समूह रोजाले सामाजिक सञ्जालमा अभियान चलाएको छ ।

–बीबीसीबाट

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया