इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले टोटनहमलाई हरायो

 चैत ४, २०८० आइतबार ६:४२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले टोटनहमलाई हराएको छ । टोटनहमलाई घरेलु टोली फुलहमले ३–० गोलले हराएको हो । गएराति भएको खेलमा फुलहमका रोड्रिगो मुनिजले दुई र सासा लुकिकले एक गोल गरे ।

जितसँगै फुलहम २९ खेलबाट ३८ अङ्क सहित तालिकाको १२ औं स्थानमा छ । २८ खेलमा ५३ अङ्क रहेको टोटनहम पाचौँ स्थानमा छ । फुलहमसँगको हारले टोटनहमले चौथो स्थानमा उक्लने मौका गुमाएको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा बर्नलीले ब्रेन्टफर्डलाई २–१ गोलले पराजित गरेको छ । यस्तै लुटन टाउन र नटिङ्हम फरेस्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया