चीनले नेपालीसँग वैशाख १९ गतेदेखि भिसा शुल्क नलिने

 बैशाख १६, २०८१ आइतबार १२:४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चीनले आउँदो बुधवार मे १ देखि नेपाली नागरिकलाई नियमित भिसा निःशुल्क दिने भएको छ । चिनियाँ दूतावासले आज बिहान सूचना निकालेर नियमितर्फको भिसा शुल्क तिर्न नपर्ने जनाएको हो ।

नियमित भिसा शुल्क नलागे पनि एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने दूतावासले जनाएको छ । दूतावासका अनुसार एक्सप्रेस २ भिसाका लागि दुई हजार ७ सय र एक्सप्रेस १ भिसाका लागि ४ हजार रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै समूहतर्फ एक्सप्रेस २ का लागि १ हजार ३ सय ५० र एक्प्रेस १ का लागि २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले ट्वीट गर्दै नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र नेपाल–चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नियमित भिसाको शुल्क नलिने निर्णय गरेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया