आधुनिक खेती गर्न सकेमा युवा जनशक्ति देशमै परिचालन गर्न सकिन्छ

 चैत १६, २०८० शुक्रबार ८:५७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

रमेश क्षत्री /पोखरा

देश छोड्ने मन कसैलाई पो हुन्छ होला र ! आफ्नै देशमा बसेर काम गरौं र आफ्नै परिवारसँग बसौँ भन्ने चाहना हुन्छ । मैले पनि देशमै बसेर काम गरौं, परिवार चलाऔं र आनन्दले बसौं भनेर सोचेको हो । तर, देशमा बसेर परिवार पाल्न नसक्ने भएपछि विदेशिने भन्दा अर्को उपाय नभएझैं लाग्यो ।

मैले पनि आफ्नो आर्थिक स्थिति उकास्ने अरु कुनै विकल्प नदेखेपछि वैदेशिक रोजगारीको लागि सिसेल्स आएको हुँ । मेरो घर पोखरा हो ।  म कामका लागि विदेशमा भए पनि नेपालमा भइरहेका गतिविधिबारे जानकार रहने गर्छु । देशबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको देख्दा पीर लाग्छ ।

सामाजिक सञ्जालमा पनि एयरपोर्टबाट विदेश जानेहरुको लर्को देख्दा निराश लाग्छ । हामी कहाँ के गर्न जाँदैछौं ? हामी नेपालीको भविष्य कस्तो होला ? सोच्दा मन कटक्क खान्छ । आफ्नो र परिवारको सपना एउटा पोल्टामा पोको पारेर युवा विदेशिएको देख्दा, किन देशको जनशक्ति देशमा नै परिचालन हुन नसकेको भन्ने लाग्छ ।

हुन त कसलाई पो आफ्नो परिवार दुःखमा रहेको देख्न मन हुन्छ र ? म पनि तिनैमध्येको एक हुँ । वीर गोर्खालीको सन्तान हामी आज कस्तो परिस्थितिमा फसेका छौंँ - देशबाट टाढा । परिवारबाट टाढा । 

देश र परिवारबाट टाढा बस्दाको पीर विदेशिनेलाई मात्र थाहा हुन्छ । आज विदेशिनु हाम्रो बाध्यता हो । भोलि के होला थाहा छैन । हामी परदेशमा रहेकाले सरकारलाई देशमा स्वरोजगार सृजना गर्न घच्घच्याइरहेका छौं । हामीलाई थाहा छ, हाम्रो जमिन कृषिको लागि उर्वर छ । यहाँ आधुनिक खेती गर्न सकेमा युवा जनशक्ति देशमै परिचालन गर्न सकिन्छ ।

हामीले विदेश जानका लागि सीप सिक्न सक्छौं भने देशमै काम गर्न पनि त सीप सिक्न सक्छौँ नि ! सरकारसँग मेरो याचना-सीपमुलक शिक्षा शुरु गरिदियोस् ताकि हामीले देशमा नै आफ्नो सीप देशमै लगानी गर्न सकौं । आफ्नो परिवारसँगै बाँच्न सकौं ।

हाम्रो सन्तति विदेशिनु नपरोस् । उनीहरु हाम्रो देशका कर्णधार हुन् । हामी हाम्रो देश सुन्दर बनाउने परिकल्पना गर्छौं । तर, भविष्यका कर्णधार नै विदेशिने अवस्था रह्यो भने देश राम्रो हुन कसरी सम्भव छ ?

त्यसैले सरकारले यसबारे सोचोस् -  मेरो अनुरोध ! 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया