अर्जुन थापा 
प्रश्न : कुन देश जादाँ कति खर्च लाग्छ भनेर कसरी थाहा पाउन सकिन्छ ?

उत्तर : आफू जुनै देश जाने तयारीमा भएपनि म्यानपावर कम्पनी मार्फत जानुहोला । प्रकृया पुर्याएर मात्र जानुहोला । यसो गरेमा ठगीमा परिंदैन । कुन देश जाँदा कति खर्च लाग्छ भन्ने कुरा तपाईं जान लाग्नुभएको देश हाम्रो देशबाट नजिक वा टाढा कहाँ पर्छ, त्यसले फरक पार्छ । जस्तो तपाईं युरोपियन मुलुक जानुभयो भने हवाई भाडा देखि सबैथोक महंगो पर्छ । र, अहिले कुन देश जाँदा कति खर्च लाग्छ, हामीले ख्याल गर्नुपर्ने विषयबारे सबै जानकारी म्यानपावर कम्पनीलाई हुने भएकाले श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति लिएर जाँदा बुझ्न सकिन्छ । साथै, तपाईंले श्रम स्वीकृति लिएर लट नम्बर खोज्नुभयो भने पनि थाहा पाउन सक्नुहुन्छ ।