रिता लिम्बु 

प्रश्न: म कामको लागि बहराइन जाने तयारीमा छु । बैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका महिलाले ध्यान दिनुपर्ने कुराहरु के के हुन् ? 

उत्तर: टिकाराम ढकाल । बैदेशिक रोजगार बोर्ड । बहराइनको हावापानी, देश, भेषभूषा सबैबारे अहिले तपाईंले गुगल वा विभिन्न वेवसाइटहरुबाट सजिलै बुझ्न सक्नुहुन्छ । यस बाहेक तपाईं के कामको लागि जाँदै हुुनुहुन्छ, कुन कम्पनीबाट जाँदै हुनुहुन्छ यसका लागि नेपाल सरकारलाई बहराइनबाट कुनै माग आएको छ वा छैन बुझ्न अत्यावश्यक छ । यस सम्बन्धी आधिकारिकताका लागि बैदेशिक रोजगार विभागको वेवसाइट हेर्नुहोला ।