तराई मधेशका ८ जिल्लाका १० वटा ठाउँकाे अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

 बैशाख १६, २०८१ आइतबार १८:२२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तराई मधेशमा गर्मीसँगै तातो लहर अर्थात् (हिट वेभ) बढेको छ । आज तराई मधेशका आठ वटा जिल्लाका १० ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सिरहाको भगवानपुर, रुपन्देहीको तिलोत्तमा, लुम्बिनी, भैरहवा, कपिलवस्तुको तौलिहवा, पर्साको वीरगञ्ज, रौतहटको गौर, धनुषाको जनकपुर, सर्लाहीको मनुसमारा र नवलपरासी सुस्ता पश्चिमको सेमारीमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । सबैभन्दा धेरै वीरगञ्जमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ । अरू धेरै ठाउँको अधिकतम तापक्रम पनि ४० डिग्रीकै हाराहारीमा छ ।

जल तथा मौसम विभागले तराई मधेशका जिल्लामा आजदेखि पाँच दिनसम्म अत्यधिक गर्मी र हिट वेभ अर्थात् तातो लहरको सम्भावना रहेको भन्दै सावधानी अपनाउन सचेत गराइसकेको छ ।

विभागले विशेष बुलेटिन निकालेर आजदेखि आउँदो २१ गतेसम्म पश्चिममा कञ्चनपुरदेखि पूर्वमा सप्तरीसम्म देशको दक्षिणी भागका जिल्लामा तातो हावा र तातो लहर (हिट बेभ) चल्न सक्ने चेतावनी दिएको हो । दक्षिणी भू–भागमा पर्ने चितवन र नवलपरासी पश्चिममा भने तातो लहरको जोखिम कम छ । भित्री मधेश तथा पूर्वी नेपालको दक्षिणी भागका जिल्लामा पनि अत्यधिक गर्मी हुने छ ।

प्रि–मनसुनमा लामो समय पानी नपरेका कारण गर्मी अत्यधिक बढेको हो । विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नदेखिन, हलुका र सुतीका लुगा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित र पटक–पटक पानी तथा झोल पदार्थ पिउन सुझाव दिएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया