इजरायलले रफाहमा आक्रमण गरे हतियार आपूर्ति रोक्ने अमेरिकाको चेतावनी

 बैशाख २७, २०८१ बिहिबार १२:५८:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले इजरायलका लागि हतियार आपूर्ति रोक्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई गाजाको रफाह क्षेत्रमा आक्रमण नगर्न चेतावनी दिँदै हतियार आपूर्ति बन्द गरिदिने बताउनुभएको हो । इजरायलले गाजा शहर रफाहमा भूमिगत कारबाही शुरु गरेमा हतियार आपूर्ति बन्द गर्ने बाइडेनको भनाइ रहेको सीएनएनले जनाएको छ ।

राष्ट्रपति बाइडेनले सर्वसाधारणको जीवन रक्षाका लागि इजरायललाई दिँदै आएको सैन्य सहयोग कटौती गर्नुपर्ने बताउनुभएको खबरमा उल्लेख छ । यसअघि हिजो पनि अमेरिकाले इजरायलमा पठाउन लागेको बम तथा विस्फोटक पदार्थ रोकेको थियो ।

इजरायलले रफाहमा ठूलो आक्रमण गर्ने तयारी गरिरहेको छ । तर दक्षिणी गाजाको आधाभन्दा धेरै जनसङ्ख्या रहेको रफाह शहरमा इजरायलले आक्रमण गरेमा धेरै नागरिकको हताहत हुनसक्ने भन्दै अमेरिकाले चिन्ता जनाएको छ । इजरायलले प्यालेस्टिनी विद्रोही समूह हमासको अन्त्यका लागि रफाहमा आक्रमण गरेरै छाड्ने बताउँदै आएको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया