बाँकेमा लागुऔषध काराेबारी पक्राउ गर्न गाेली प्रहार

 बैशाख २७, २०८१ बिहिबार १८:२१:३५ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बाँके – बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काठमाण्डौबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले पक्राउ गर्न खोज्दा भागेपछि गोली प्रहार गरिएको बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिनुभयो ।

कोहलपुर नगरपालिका–१२ चप्परगौडीका २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको डीएसपी डाँगीले बताउनुभयो । परियारको बायाँ खुट्टामा गोली लागेको र अहिले भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले स्थानीय २७ वर्षीय शरणबहादुर कार्कीलाई पक्राउ गरेको छ । उनीहरूको साथमा रहेको एक सय १४ दशमलव २५ ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया