खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको ज्यान गयो

 बैशाख २८, २०८१ शुक्रबार ९:४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको ज्यान गएको छ । हिजो बेलुका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको बुद्धेश्वर मझुवाभीरमा रक क्लाइम्बिङ गर्नेक्रममा खसेर दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ३४ वर्षीय सुचन राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।

झण्डै ४० मिटर अग्लो भीरबाट खसेर घाईते भएका राईको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा ज्यान गएको हो । राई रक क्लाइम्बिङका लागि दुई जना साथीसहित बुद्धेश्वर मझुवा भीरमा पुगेका थिए । पर्यटन प्रवर्द्धन गर्ने भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गएको चैत २३ गते मझुवाभीरमा रक क्लाइम्बिङको सफल परीक्षण गरेको थियो ।

रक क्लाइम्बिङका लागि पर्वतारोहण प्रशिक्षक सङ्घलाई ल्याएर ६ दिन तालिम पनि सञ्चालन गरिएको थियो । सात जना स्थानीय र शसस्त्र प्रहरीका गरी १२ जनाले तालिम लिएकोमा राई पनि हुनुहुन्थ्यो । तालिम प्राप्त भए पनि रक क्लाइम्बिङ गर्नेक्रममा आवश्यक आधारभूत सुरक्षा व्यवस्था नहुँदा राई भीरबाट खस्न पुगेको प्रारम्भिक अनुमान छ । राई तरुण दल खोटाङका जिल्ला सदस्य हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया