माल्दिभ्सबाट फिर्ता भए भारतीय सेना

 बैशाख २८, २०८१ शुक्रबार ९:३५:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारत सरकारले माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएलगत्तै उहाँले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिनुभएको थियो । माल्दिभ्सबाट भारतीय सेनालाई हटाउनु मुइज्जुको पार्टीको मुख्य चुनावी अभियान थियो ।

यसबीचमा माल्दिभ्सका विदेशमन्त्री मुसा जमिर हिजोदेखि भारत भ्रमणमा हुनुहुन्छ । कूटनीतिक गतिरोधको बीच उहाँ दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल गर्न भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली आइपुग्नुभएको हो । माल्दिभ्स भारतको प्रमुख समुद्री छिमेकी हो ।

गएको मे ३ तारिखमा भारत र माल्दिभ्सबीच सम्पन्न द्विपक्षीय उच्चस्तरीय संयन्त्रको चौथो बैठकले मे १० तारिख अर्थात् आजसम्ममा माल्दिभ्सबाट भारतीय सैन्य कर्मचारी हटाउने सहमति गरेका थिए । भारतीय विदेश मन्त्रालयले माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता भएको जानकारी समेत गराएको छ

 माल्दिभ्समा डोर्नियर–२२८ समुद्री गस्ती विमान र दुई एचएएल ध्रुब हेलिकप्टरसहित झण्डै ७० जना भारतीय सैनिक तैनाथ रहेका थिए । ती सैनिकहरुको स्थानमा गैरसैनिकको प्राविधिक टोली खटाइएको भारतीय विदेश मन्त्रालयलाई उद्धृतगरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया