गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

 बैशाख २८, २०८१ शुक्रबार ११:५९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा आफ्ना भनाइ राख्न दिने निर्णय गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र सांसदको हैसियतले बोल्न दिने निर्णय गरेको हो ।

कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । प्रमुख दलका शीर्ष नेताहरूले सम्बाेधन गरेपछि संसद् अवरोधलाई निरन्तरता दिने कांग्रेसको तयारी छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया