दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानतमा रिहा गर्न सर्वाेच्चकाे आदेश, चुनाव प्रचार गर्न पाउने

 बैशाख २८, २०८१ शुक्रबार १६:३:४४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भ्रष्टाचार आरोपमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनलाई आउँदो जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ । अदालतले मुख्यमन्त्री केजरीवाललाई जुन २ तारिखमा अदालतमा हाजिर हुन भनेको छ ।

अदालतले केजरीवालले रिहा भएको अवधिभर लोकसभा चुनावको प्रचारप्रसार गर्न सक्ने पनि जनाएको छ । सर्वोच्च अदालतले केजरीवाल पक्राउसम्बन्धी मुद्दाकाे छिटै सुनुवाइ सक्ने पनि जनाएको छ ।

सन् २०२२ को अगस्टमा दर्ता भएको मदिरा नीतिमा नीतिगत भ्रष्टचार गरेकोसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) ले मुख्यमन्त्री केजरीवाललाई गएको मार्च २१ तारिखमा पक्राउ गरेको थियो । सर्वोच्च अदालतले मुद्दा दर्ता भएको डेढ वर्षपछि केजरीवाललाई किन पक्राउ गरेको भनेर प्रश्न पनि उठाएको छ । लोकसभा चुनावको मिति घोषणा हुनेबित्तिकै केजरीवाललाई पक्राउ गरिनु राजनीतिकक षड्यन्त्र भएको भन्दै विपक्षी दलहरूले आरोप लगाउँदै आएका छन् ।

लोकसभा चुनावअन्तर्गत भारतमा तीन चरणको मतदान भइसकेको छ । भारतमा चौथो चरणको मतदान यही मे १३ तारिखमा हुँदैछ । त्यस्तै मे २० मा पाँचौँ, मे २५ मा छैटौँ र जुन १ सातौँ चरणको मतदान हुनेछ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया